एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु

डिसी नेपाल
२५ असार २०८२ २३:२३
76
Shares

दोधारा चाँदनी (कञ्चनपुर)। महेन्द्रनगरस्थित कभर्डहलमा एक राख राशीको खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्ला भलिबल संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आजदेखि सुरु भएको प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहेको जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिंह मौनीले जानकारी दिए।

महेन्द्रनगरस्थित प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थी खेलाडीको वृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। ‘प्रतियोगिताले जिल्लामा भलिबल खेल चलायमान हुन्छ, खेलाडीलाई पनि हौसला मिल्छ’, अध्यक्ष मौनीले भने, ‘नियमित प्रशिक्षणमा रहेका खेलाडीको क्षमता विकासमा यसले महत्त्वपूर्ण टेवा पुग्ने छ।’

राष्ट्रिय टोलीका मुख्य भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रतियोगिताले खेलाडीको विकासमा टेवा पुग्ने बताए। ‘प्रतियोगिताले प्रशिक्षणमा मात्रै केन्द्रित रहेका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण बन्नेछ’, उनले भने, ‘यहाँ भलिबलका राम्रो खेलाडी छन्, ती खेलाडीको विकासका लागि राज्यले सहयोग गर्नुपर्छ।’ मुख्य प्रशिक्षक भट्टले महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा दैनिक डेढ सय महिला तथा पुरुष खेलाडीले प्रशिक्षण गरिरहेको बताए।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु एक लाख एक हजार १११ पुरस्कार पाउनेछ। द्वितीय पुरस्कारका लागि रु ५१ हजार १११, तृतीयलाई रु २१ हजार १११ प्रदान गरिनेछ। यसैगरी, उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला भलिबल संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको श्री नम्बर २५ बाहिनीको टोलीले रामजानकी मन्दिर समिति तिलाचौरको टोलीलाई एक सेटले पराजित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.