विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको राष्ट्र बैंकको दाबी (पूर्णपाठसहित)

डिसी नेपाल
२७ असार २०८२ १३:२१
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए।

उनले भने, ‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भूराजनीति तनाब र कतिपय देशको कठोर व्यापार नीतिको कारण अनिश्चितता बढेको छ। तथापी विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइ कोभिडपूर्वको स्थितिमा पुग्न लागेको छ।’

त्यस्तै उनले, सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको जानकारी गराए।

उनका अनुसार विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गइरहेको छ भने २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत मात्रै रहने कोषको प्रक्षेपण छ।

उनले भने,‘सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ। विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गइरहेको छ। २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत मात्रै रहने कोषको प्रक्षपण गरेको छ।’

विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरु समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको राष्ट्र बैंकको दाबी छ।

विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चीति बढेको गभर्नर पौडेलले जानकारी दिए।

उनले भने, ‘अर्थतन्त्र क्रमश लयमा फर्किन थालेको, मुद्रास्फीति बाञ्छित सिमाभित्र रहेको र विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय संचिती बढेको छ। विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरु समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.