काठमाडौंबाट घुम्न गएका एक युवकको पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर मृत्यु 

डिसी नेपाल
२८ असार २०८२ २१:४३
1.3k
Shares

मकवानपुर। मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा  बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार २८ गते साँझ फेला पारेको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ बस्ने १८ वर्षीय प्रणय गुप्ता सो खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा गुप्ताको शव सोही खोलास्थित झरनाको खोँचमा फेला परेको हो।

मृत्यु भएका गुप्तासहित अन्य ७ जना व्यक्तिहरु घुम्नका लागि काठमाडौंबाट ४ वटा मोटरसाईकलमा  शनिबार बिहान सो ठाउँतर्फ गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.