पोल्याण्डकी इगा स्विटेकले विम्बल्डनको उपाधि जितिन्
काठमाडौं । पोल्याण्डकी इगा स्विटेकले विम्बल्डन महिला एकलको उपाधि जितेकी छिन्। योसँगै उनी विम्बल्डन महिला एकलको उपाधि जित्ने पोल्याण्डकी पहिलो खेलाडी बनेकी छिन्।
उनले अमेरिकाकी अमान्डा एनिसिमोभालाई ६-०, ६-० को सोझो सेटमा हराउँदै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेकी हुन्। उनले यो खेल केवल ५७ मिनेटमा जितिन् ।
विश्व नम्बर एक स्विटेकको लागि यो उनको छैटौं ग्रान्ड स्लाम हो। उनले यसअघि चार पटक फ्रेन्च ओपन र एक पटक यूएस ओपन जितेकी छिन्।
उनको सामना १३ औं वरीयता प्राप्त अमेरिकी खेलाडी अमान्डासँग थियो, जो आफ्नो पहिलो ग्रान्ड स्लाम प्रतियोगिता खेलिरहेकी थिइन्।
जितपछि, स्विटेकले भनिन्, “मैले यो सपनामा पनि सोचेको थिइनँ, यो मेरो लागि धेरै टाढा थियो। मलाई लाग्यो कि मैले ग्रान्ड स्लाम जितेकी छु र एक अनुभवी खेलाडी हुँ तर मैले यो आशा गरेको थिइनँ।”
उनले भनिन्, “मैले यो वर्ष धेरै रमाइलो गरें। मलाई लाग्छ मैले यहाँ मेरो फर्ममा सुधार गरेको छु।”
“मलाई आशा छ हामी यहाँ धेरै फाइनल खेल्नेछौं,” स्विटेकले उपविजेता अमान्डा एनिसिमोभालाई बधाई दिँदै भनिन् ।







डिसी नेपाल








Facebook Comment