विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट, १७ लाखभन्दा बढीको हात खाली
काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ। कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो।
दुई लाख ९४ हजार २७६ जनाले १०÷१० कित्ताका दरले आईपीओ हात पारेका छन्। मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात खाली भएको छ। आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेको थियो।
आफूलाई आईपीओ परे÷नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछत्। यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत थियो।
कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो। थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।
आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।







डिसी नेपाल








Facebook Comment