मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल, करिब साढे ११ अर्बको कारोबार

डिसी नेपाल
२९ असार २०८२ १५:५२
48
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उछाल आएको छ। आज (आइतबार) बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो।

साताको पहिलो कारोबार दिन २९ अंकले बढेर २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको छ। यस दिन ३११ स्टकको शेयर कारोबार भएको हो।

यस अघि बिहिवार ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको थियो। आज सेन्सेटिभ इन्डेकस ९.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ। त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.२३ अंक बढेको छ।

मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो। यस दिन एनआइसी एशिया बैंक, खानीखोला हाइड्रो पावर र जिवन विकास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एनआइसी एशियाको शेयर मूल्य प्रतिकित्ता ३६.८१ रुपैयााले बढेर ४०५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

खानीखोलाको शेयर मूल्य २६.४४ रुपैयाँले बढेर प्रतिकित्ता २९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी जिवन विकास लघुवित्तको शेयर मूल्य पनि १२९.८७ रुपैयाँले बढेर प्रतिकित्ता १४८०.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर प्रतिकित्ता ३९.३७ रुपैयाँले घटेर ३५७.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शेयर मूल्य प्रतिकित्ता २६.२७ रुपैयाँले घटेर ३३१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, यस दिन एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट र सानीमा बैंकको शेयर सर्वाधिक कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *