पुरुष भलिबलको उपाधि रामजानकीलाई

डिसी नेपाल
२९ असार २०८२ २२:४८
24
Shares

दोधारा चाँदनी (कञ्चनपुर) । खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामजानकी टोलीले जितेको छ।

महेन्द्रनगरस्थित कभर्डहलमा सम्पन्न उक्त प्रतियोगितामा आयोजक भलिबल प्रशिक्षण केन्द्रलाई ३२ सेटले पराजीत गर्दै रामजानकी विजेता बनेको हो। विजेता रामजानकीले रु एक लाख एक हजार एक सय एघार पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा उपविजेता बनेको भलिबल प्रशिक्षण केन्द्रले रु ५१ हजार एक सय एघार पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा तृतिय भएको शिखर बहुउद्देश्यीय सहकारीले रु ३१ हजार एक सय एघार पुरस्कार पायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुरज चुनारा घोषित भए।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर सन्तोष खत्री, उत्कृष्ट सर्भर सुनिल बोहरा, उत्कृष्ट ब्लकर जित दुङ्गल, उत्कृष्ट सेटर सन्देश चन्द र उत्कृष्ट डिफेन्डर लक्की तिरुवा घोषित भए।

विजेता टोली तथा खेलाडीलार्ई जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला भलिबल सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीलगायतले नगद तथा प्रमाणपत्र वितरण गरे। जिल्ला भलिबल सङ्घको आयोजनामा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा बुधवारदेखी सुरु भएको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.