एनआरएनए दक्षिण सुडानमा रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्य समिति चयन

डिसी नेपाल
३० असार २०८२ १०:२४
32
Shares

काठमाडाैं। आइतबार भर्चुअल्ली सम्पन गैरआवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिवेशनले रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।

संघका अध्यक्षा डा बद्री केसी, उपाधयक्षा रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको उपस्थितिमा सम्पन्न अधिवेशले ईश्वेरीप्रसाद सिग्देल्, रुक्माङ्गद उपाध्याय, महसचिवमा बलाराम दाहाल, सचिवमा रमेशबहादुर खत्री र कोषाध्यक्षामा आनन्दबाबु श्रेष्ठ चयन गरेको छ। त्यस्तै प्रवक्तामा राजदिओ गुरुङ र युवा संयोजकमा हिरासिं पौडेल क्षेत्री छानिएका छन्। त्यस्तै आइसिसी सदस्यमा बाबुराम गौतमको नाम प्रस्तावित छ।

त्यस्तै सदस्यहरुमा प्राजकाश राज भण्डारी, रामन्द्रप्रसाद यादव, तिलक रोका, बिक्रम रबी अरन्ह, बेदबहादुर चौधरी, लक्ष्मीप्रसाद ओखाबु, मनबहादुर सार्की र कृष्णबहादुर नेपाली रहेका छन्।

सो अधिवेशन पश्चात बसेको कार्यसमिति बैठकले दक्षिण सुडानमा अक्षय कोष स्थापना गर्ने निर्णय भएको छ। सो समितिले दक्षिण सुडानमा कार्यरत नेपालीहरूका हकहित संरक्षण, श्रम समझदारी सम्झौता (मोउ) को पहल र समस्यामा परेका नेपालीहरूको उद्धार र सहयोगमा संघ अग्रसर हुने निर्णय गरेको छ।

त्यस्तै नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वलाई प्रवर्द्धन गर्न नियमित कार्यक्रम र सांस्कृतिक उत्सव आयोजना गरिनेछ समेत युओजना बनाएको अध्यक्ष्य पाध्याले बाताए।

त्यस्तै दक्षिण सुडानका विभिन्न क्षेत्रहरूमा रहेका सम्पूर्ण नेपालीहरूलाई एनाअरएनएमा आवद्ध गराइ एकता, सहकार्य र सेवामूलक भावना बढाइने पाध्याले बताए। ‘गैरआवासीय नेपाली संघ केवल संस्था मात्र होइन, यो नेपालीपनको अनुभूति हो, विश्वभर छरिएका नेपालीहरूको एकताकाे प्रतीक र प्रतीनिधि हो। हामी सबै मिलेर यहाँ रहेका नेपालीहरूलाई सहयोग, सुरक्षा र सशक्तिकरणका लागि समर्पित रहने छ,’ अध्यक्ष पाध्याले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.