सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन्।
उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन्।
बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो। अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’
उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं- यो प्रधानमन्त्री ज्यूको भनाइ हो। तर अहिलेको व्यवहार त्यस्तो देखिँदैन।’
पौडेलले लोकतन्त्र, सुशासन, र नैतिकताको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाए। भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ ? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ? नैतिक मानव, मूल्य र मान्यताको प्रतिबद्धता कहाँ छ ? भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे।
उनले सत्ता नजिक भएकालाई जस्तोसुकै कार्य गर्न छुट दिनु गलत भएको बताए। ‘जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छे भएपछि जस्तो गरे पनि हुने — यही हो लोकतन्त्र ?’।







डिसी नेपाल








Facebook Comment