अपार माया पाए, गुनासो लिएर फर्किए कुलमान
काठमाडाैं। ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमण सकेर नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ साेमबार नेपाल फर्किएका छन्।
गत जुलाई २ देखि ४ सम्म बहराइन, जुलाई ५ देखि ८ सम्म युएई, जुलाई ९ देखि १० सम्म ओमन र कतारमा जुलाई ११ देखि १३ सम्म मध्यपुर्वका विभिन्न देशहरुमा रहेका नेपाली श्रमिकहरुसंग साक्षात्कार गरी आइतबार राति कतारबाट नेपाल फर्किएका हुन्। उनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश भट्टले हमाद इन्टरनेशनल एअरपोर्टबाट विदाइ गरेका छन्।
घिसिङको स्वागत र सत्कारमा मध्यपूर्वका नेपाली दूतावासदेखि त्यहाँ रहेका स्थापित संघ संगठनहरुले दिल खोलेर प्रेम दर्शाएका थिए। भने श्रमिकका गुनासाहरुको पोको बोकेर फर्किएका छन्।
कतार आइपुगेका घिसिङले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित “उज्यालो संवाद कार्यक्रम २०२५” लाई सम्बोधन गर्दै भने-विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहनु भएका तपाईं नेपालीहरूलाई अपमानित गर्ने सरकारको जुन प्रवृत्ति छ। देश बन्न देशलाई धानिरहेका पौरखी हातहरुलाई सम्मान गर्न नसक्नु नै हो,’ उनले भने।
विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईं र तपाईंहरुको परिवारको उज्यालो भविष्यका लागि म बाट हुनसक्ने प्रयास र तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने अभिप्राय अनुरुप मध्यपूर्वको भ्रमणमा निस्किएको बताए।
नेपाली श्रमिकहरुको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भनेर मात्रै नपुग्ने भन्दै उनले तपाईंहरूले मलाई प्रत्यक्ष भेटेर दिएको म्याण्डेड अनुसार नै अघि बढ्ने र परिआएको खण्डमा नयाँ राजनीति पार्टी खोल्ने नभएपनि मुलधारको राजनीतिमा समेत प्रवेश गर्ने बताए। तपाईंहरु जे गर भन्नुहुन्छ, म त्यो गर्न तयार छु।’ तर नेपालमा अहिले जुन अघोषित लोडसेडिङकाे अँध्यारो छ त्यसलाई उज्यालो नेपालमा परिणत गर्न भावनात्मक र भौतिक रुपले जोडिन आग्रह गरेका छन्।
‘मध्यपूर्वका देशहरुमा रहेका तपाईं श्रमजीवीहरूलाई देशले सम्झिएको र उनीहरूको सहभागिता विना कुनैपनि हालतमा देश नबन्ने जिकिर गर्दै आफ्ना घर, परिवार र देशले तपाईं संघर्षशील हातहरुप्रति गर्व गरेको छ,’ उनले भने।
देशको बदलिँदो राजनीति परिवेशले आफुलाइ शिकार बनाएको भन्दै तत्कालीन सरकार र उर्जा मन्त्रालयप्रति आफ्ना फरक मत रहिआएको र देश तथा विदेशमा रहेका सबैका गुनासाहरुको सम्बोधन हुनेगरी आफूले निर्णय लिने बेला आएको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment