ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

डिसी नेपाल
३१ असार २०८२ १०:१८
120
Shares

काठमााडौं। अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुस विरुद्ध कर लगाउने धम्की दिएका छन्।

संयुक्त राज्य अमेरिकाले नाटो मार्फत युक्रेनमा हतियार पठाउने र यदि ५० दिन भित्र युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित गरी “गम्भीर कर“ लगाउने ट्रम्पले धम्की दिएका हुन्।

ट्रम्पले सोमबार ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नाटोसँग सम्झौताको घोषणा गरेका हुन्। ट्रम्पले भने “हामी युक्रेनीहरूलाई हतियार पठाउनेछौं र उनीहरूले त्यसको लागि भुक्तानी गर्नेछन्,“ संयुक्त राज्य अमेरिकाले ती हतियारहरू उत्पादन गर्नेछ।

प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन्। उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन्।

ट्रम्पले रूसको बारेमा भने कि “यदि हामीसँग ५० दिन भित्र सम्झौता भएन भने हामी दोस्रो कर लगाउनेछौं। यो धेरै सरल छ र तिनीहरू १०० प्रतिशतमा हुनेछन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.