सरकारका राम्रा काम देख्न नसक्नेहरूले भ्रम छर्न खोजे : पदम गिरी
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरूले सरकारमाथि भ्रम छर्न खोजेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले बिकास निर्माणका सवालमा सरकारले गरेका राम्रा कामलाई चूनौति दिन नसकेपछि प्रधानमन्त्रीको स्पेन भ्रमणलाई देखाएर भ्रम छर्न खोजेको बताएका हुन्।
उनले प्रधानमन्त्रीसँग स्पेन गरेका सवै सदस्यहरुले स्वदेश फकिएको उल्लेख गर्दै अघिपछि विभिन्न विमानमार्फत गएका व्यक्तिहरुको जिम्मा सरकारले लिन नसक्ने तर्क गरे।
त्यस्तै सांसद गिरीले वर्तमान सरकारको १ बर्षमा बिग्रिएको अर्थतन्त्रलाई सहि दिशामा ल्याउने काम भएको दावी गरे। बिगतको सरकारले भन्दा अहिलेको सरकार आएपछि राजस्व संकलनमा बृद्धि भएको, आर्थिक बृद्धिमा सुधार भएको, मुद्रा संचितीको अवस्थामा सुधार आएको उहाले बताए।
उनले आर्थिक क्षेत्रमा निकै सुधार भए पनि प्रयाप्त नभएकाले सवै मिलेर मुलुकको विकास र समृद्धिमा बहस गर्न जरुरी रहेको धारणा राखे।







डिसी नेपाल








Facebook Comment