पेट्रोल र डिजलको मूल्य घट्यो

डिसी नेपाल
३२ असार २०८२ ९:३४
100
Shares

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल-मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल – मट्टितेलमा प्रति लिटर १ रुपैयाँ ले घटाईएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.