मन्त्री यादवद्धारा तराई–मधेसको खानेपानी समस्या समाधान गर्न विज्ञसँग छलफल

डिसी नेपाल
३२ असार २०८२ १८:४५
64
Shares

काठमाडौं खानेपानीमन्त्री प्रदीप यादवले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सहित तराईमधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि विज्ञ टोलीसँग छलफल गरेका छन्

आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग एक कार्यक्रमको आयोजना गरी वीरगञ्ज सहित तराईमधेशका जिल्लामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएकाले त्यसको समाधानका विषयमा बृहत छलफल गरिएको मन्त्री यादवले जानकारी दिए

उनले भने ‘तराईमधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग बृहत छलफल सम्पन्न गरेका छौँ

उक्त छलफलमा जलवायु परिवर्तन, तराईमधेश क्षेत्रमा देखिएको भूजल अभाव, जलस्रोतको खस्कँदो स्तर, चुरे दोहन, अव्यवस्थित शहरीकरण लगायतका कारणले मधेशमा उत्पन्न भएको खानेपानी सङ्कटबारे वैज्ञानिक विश्लेषण प्रस्तुत गर्नुका साथै, सहभागी विज्ञहरूबाट गम्भीर रायसुझावहरू पनि सङकलन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए

उनका अनुसार भूजल पुनर्भरणका उपायहरू (पुनर्भरण पोखरी, वर्षा पानी संकलन, हरित क्षेत्रको विस्तार), वैकल्पिक स्रोतको पहिचान तथा पानीको मितव्ययी प्रयोगमा प्रविधि र जनचेतनाको भूमिका जस्ता विषयहरूमा विस्तृत विचारविमर्श भएको छ

यसै सन्दर्भमा, छलफलमा सहभागी विज्ञहरुसँग एक अध्ययन टोली गठन गर्ने विषयमा सहमति भएको मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख ई कमलराज श्रेष्ठले जानकारी दिए।का अनुसार अध्ययन टोलीले तराईमधेशका विभिन्न जिल्लाहरूको वर्तमान जल अवस्था, भूजल संरचना, प्रदूषण स्तर तथा दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत विश्लेषण गर्नेछ

आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, मीना श्रेष्ठ, आयोजना प्रमुख सुरत बम, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजना निर्देशनालयका प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, भ्यालीबोर्डका प्रमुख सञ्जिवीक्रम राणा, पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुका तर्फबाट भोला घिमिरे, देबीप्रसाद भट्टराई, प्रतापसिंह ताडबको सहभागीता रहेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.