नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी

डिसी नेपाल
३२ असार २०८२ १९:२५
44
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपालमा आयातलाई प्रतिस्थापन गर्ने तहको सम्भावनाहरु भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए।

उनले भने, ‘हाम्रो उत्पादनले बजार पाउने कुरामा समस्या छ, उद्योगहरुले जटिल अवस्थामा उद्योग सञ्चालन गरिरहेका छन्। र त्यसको बजार नेपाली बजार मात्र होईन, अन्तराष्ट्रिय बजार पनि हुनुपर्छ तर हामीले सामान निर्यात गर्न धेरै जटिलताहरु छन्। हामी सबैभन्दा बढि यसमा केन्द्रीत भएर लागि रहेका छौ। आज हाम्रो लगानी, सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ। हामी अब वस्तुलाई निर्यात गर्ने तहमा, आयातलाई प्रतिस्थापन गर्ने तहमा हाम्रा सम्भावनाहरु छन्।’

उनले व्यवसायीहरुको आशा र अपेक्षालाई पूरा गर्ने गरि मन्त्रालयले काम गर्ने तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यस्तै, उनले नेपालको अर्थतन्त्रमा समस्या आईरहेको बेलामा पनि सफलतापूर्वक व्यापार व्यवसाय गर्ने सबैलाई धन्यवाद दिदैँ सम्मानित भएका व्यक्तित्वहरुलाई आगामी यात्रा र सफलताको लागि शुभकामना पनि दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.