सनातन परम्परामा साउने संक्रान्ति र लुतो फाल्ने चलन

पण्डित वरदान थपलिया
१ साउन २०८२ ७:२९
24
Shares

हरेक महिनाको संक्रान्ति जस्तै श्रावण सङ्क्रान्तिको विशेष महत्व छ। हामीले के बुझ्नुपर्छ भने कालक्रमको गणना दुई तरिकाले गरिन्छ। एउटा सूर्य र अर्को चन्द्रमाको गति अनुसार गणना हुन्छ। सङ्क्रान्ति भन्ने वितिकै सूर्यले एक राशिबाट अर्को राशिमा परिवर्तन हुने दिन नै संक्रान्ति हो।

हामीले भन्ने गरेको साउने संक्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिन हो। मिथुनबाट कर्कटमा प्रवेश गर्दा साउने सङ्क्रान्ति हुन्छ। साउन महिना चन्द्रमाको नक्षत्रको गति अनुसार पनि नामाकरण गरिएको हो।

जुन महिनामा पूर्णिमा श्रवणनक्षत्र हुन्छ त्यो श्रावण महिना हो। श्रावण महिनाको महत्वको व्याख्या एकातर्फबाट मात्र गर्न सकिदैन । यसको धार्मिक महत्व पनि छ, सांस्कृतिक महत्व पनि छ, प्राकृतिक महत्व पनि छ, ज्योतिषिय हिसावले पनि महत्व छ।

सनातन परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ। यस महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ। लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै नै महत्व रहेको पाइन्छ। त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा बनिसकेको छ।

जोतिषीय हिसावले व्यख्या गर्दा सूर्य मिथुन राशिबाट कर्कटमा प्रवेश हुन्छ। त्यो दिनबाट सूर्यको गति दक्षिणायन हुन्छ। दक्षिणायन आरम्भ हुने दिन देवताहरुको दिन सकिएर रात सुरु हुन्छ। श्रावण १ गतेबाट देवताहरुको रातको समय सुरु हुन्छ। यो ६ महिना रहन्छ।

त्यसपछि माघ महिनाको मकर सङ्क्रान्तिको विशेष महत्व आउने गर्छ। माघबाट सूर्य उत्तरायण हुन्छन्। प्राकृतिक रुपमा हेर्दा श्रावण महिना वर्षा ऋतु हो, वर्षाका कारण पूरै प्रकृति नै हराभरा बनाउने काम श्रावण महिनाले गर्दछ। अन्न उब्जिनेदेखि प्रकृतिको प्राण भरिदिने काम पनि श्रावण महिनाले गर्दछ। यस्तै सांस्कृतिक महत्व पनि उस्तै रहन्छ

लुतो फाल्ने चलन

सनातनी परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ। त्यसैले यो महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ। लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै महत्व छ। त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा नै हो। नेपाल कृषि प्रधान देश हो। कृषिमा आधारित जीवन पद्धती छ।

कृषिकर्म गर्दा धुलो, मैलो, हिलो, फोहोर सबै हुन्छ। त्यसले गर्दा हामीमा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुन्छन्। रोगहरुलाई हाम्रो शास्त्रले पाप भनेको छ। त्यसकारणले गर्दा फोहोरले गर्दा उत्पन्न हुने जतिपनि रोगहरु छन् त्यसको निराकरण गर्नको लागि साउने संक्रान्तिको दिन लुतो फाल्ने परम्परा छ। यो चर्म रोगसँग सम्बन्धित छ।

यस दिन सबै प्रकारका वनस्पतिहरुलाई जम्मा गरिन्छ। र बेलुकीपख मठको अगाडि एउटा मण्डप जस्तो बनाएर पूजा रिन्छ। त्यसक्रममा अग्नि देवताको पूरा गर्ने चलन छ। अग्नि देवताका रुपमा अगुल्टोको प्रयोग गरिन्छ। अगुल्टोको पूजा गरेर शरीरमा भएका सबै रोग, दाग, लुतो भागोस भनेर शरीरतिर घुमाएर फाल्न चलन छ।

लुतो फाल्ने परम्परा नेपालका विभिन्न भेगमा फरक फरक तौर तरिकाहरु छन्। प्रत्येक १० मिनेटको अन्तरमा भाषा वा भेषभुषामा परिवर्तन गर्ने गरिन्छ। जिल्ला वा क्षेत्रमा फरक परम्परा छ। तर लुतो फाल्ने भन्ने संस्कृति चाहीं देशभर नै समान छ। प्रक्रिया र विधिमात्र ठाँउ अनुसार फरक हुन्छ। अरु परम्परापनि ठाँउ अनुसारको फरक नै हुन्छ।

लुतो भन्ने शब्दनै वास्तवमा नेवारी भाषासँग सम्बन्धित छ। यसमा नेवारी परम्परा पक्कैपनि जोडिएको हुनुपर्छ। हिन्दु धर्म मान्ने सबैसँग सम्बन्धित छ। यदि यो परम्परा हराएको भएपनि सुरु गर्नुपर्छ। हाम्रो शरीरमा भएको रोग हटाउनका लागि भएपनि मनाउनैपर्छ।

मानव जाति प्रकृति भन्दा भिन्न हुन वा अलग रहन सक्दैन्। हामी प्रकृतिसँगै रम्न चाहन्छौँ। किनभने प्रकृतिबाटै सबैकुरा उत्पन्न हुन्छ। त्यसैले श्रावन महिना बर्षा ऋतु हो। यस ऋतुमा पुरै हरियाली हुन्छ। प्रकृतिसँग तालमेल मिलाउन पनि यो आवश्यक छ। या प्रकृतिसँग अनुकरण गरिएको छ।

किनभने सबै रंगको आफ्नो आफनै महत्व छ। हरियो भन्ने वित्तिकै सबै हराभरा, मनै आनन्दित बनाउने बनाउने रगं हो। पहेँलेको पनि तालमेल हरियोसँग मिल्न जान्छ। बिज हरियो रगंको हुन्छ फल पहेँले रगंको हुन्छ। त्यसैले सृष्टिदेखि अन्त्यसम्मको जुन संयोग हो त्यसमा हरियो र पहेंलोलाई जीवन दर्शनसम्म जोड्न सकिन्छ।

श्रावणको सोमबारको विशेष महत्व छ। सोमबारका दिन तीन वटा पात भएको वेल पत्र र दुधले मात्रै अपर्ण गर्दा पनि मनकामना पूरा हुन्छ भनिन्छ। हुनत सबै सोमबारको उत्तिकै महत्व छ।

तर पनि श्रावणको सोमबार वा श्रावण शिवजीको महिना भएकाले पनि यो विशेष मानिन्छ। विशेषगरि महिलाहरु ब्रतको लागि आकर्षित हुन्छन्। धर्मकर्मप्रति पुरुषहरुले अलि बेवास्ता गरेको हो कि जस्तो लाग्ने कुरा वास्तवमा गलत छ। पुरुषको लागि पनि श्रावणको व्रत अनिवार्य छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.