तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। आर्थिक वर्ष २०८२-८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो।
बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment