करुणाले जितिन् ‘क्यापिटल क्विन नेपाल–२०२५’ को ताज (फोटो)
काठमाडौं। क्यापिटल क्विन नेपाल २०२५ को ताज जोरपाटीकी करुणा भुजेल श्रेष्ठले पहिरिन सफल भएकी छिन्। ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको सो प्रतियोगितामा जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी हुन्। यस्तै फस्ट रनरअप अनिता लामा तथा सिता राई सेकेन्ड रनरअप हुन सफल भएका छन्।
हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित यस कार्यक्रमको विजेता करुणले फेसन इन्टरटेनमेन्ट इन्टरनेश्लन अर्वाड २०२६का लागि लण्डनमा हुने कार्यक्रममा सहभागी हुने अवसर पाएकी छन्।
विविध पेशा ब्यवसायमा आवद्ध तथा गृहिणी महिलाहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुने यस कार्यक्रम ‘क्यापिटल क्विन नेपाल’ को प्रतियोगीहरूले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडीयो सुट लगायतका विविध विषयहरूमा तालिम लिएका थिए।

































































डिसी नेपाल








Facebook Comment