कृष्णपुरद्वारा निःशुल्क शव बाहन सेवा सञ्चालन

डिसी नेपाल
१ साउन २०८२ १२:२६
24
Shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ। नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पुर्‍याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख हेमराज ओझाले बताए।

नगरबासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिँदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाइएको बताए।

शव बाहन अभावमा नागरिकले निजी गाडीमा शव लैजानुपर्ने बाध्यता हटाउने उद्देश्यले यो सेवा सुरु गरिएका छौं,’ उनले भने, नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो।

निःशुल्क शव वाहन सेवाको सञ्चालनसँगै नागरिकले नगर कार्यालयसँगै सम्बन्धित वडाबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ। चालकसँग सम्पर्क गरेर पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाको वडा नम्बर २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताए।

उनका अनुसार नगरपालिकाले यसअघि एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, विपन्न लक्षित कार्यक्रम जस्ता सामाजिक पहलहरू सञ्चालन गर्दै आएको छ। शववाहन सेवा थपिएसँगै नगरपालिकाले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको उनको भनाइ रहेको छ।

स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणले नगरपालिकाको यो कदमलाई स्वागत गर्दै दुःखद घडीमा राहतको महसुस हुने प्रतिक्रिया दिएका छन्। शव बाहन नगरपालिकाको आन्तरिक आय २६ लाखमा खरिद गरिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.