सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो
पोखरा । निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भइसकेका आयोजनाहरुमा समेत भुक्तानी नपाएको गुनासो गरेका छन्।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनामा पनि भुक्तानी नपाएको गुनासो गरेका हुन्।
‘अहिले निर्माण व्यवसायीको मुख्य समस्या भनेको नै भुक्तानी नपाउनु हो। स्थानिय निकायहरुमा भुक्तानीको अभाव नै छ। अहिलेको क्लोजीङको समयमा २५ गते बन्द हुने खाता अहिले सम्म स्थानिय निकायबाट फछर्यौट भएका छैनन्। स्थानिय र प्रदेश सरकारका योजनाहरुमा व्यवसायीले सम्पन्न गरीसकेका परियोजनाहरुमा भुक्तानी नपाएको अवस्था छ। व्यवसायीको स्थीती दयनिय नै छ। कतिजनाको चेक बाउन्स भएर व्यवसायी संगठनले फेरी मुद्धा लड्नुपर्ने अवस्था छ,’ उनले भने।
महासंघले पनि बेलाबेलामा भुक्तानीका समस्यामा ऐन नियम बनाएर अगाडि बढ्नुपर्ने उनले बताए। ’यस्तो समसया आउनुमा व्यवसायीको पहुँच नपुगेको हो कि ? केन्द्र सरकारलाई नै झकझक्याउनु पर्ने हो कि ? भनेर हामी महासंघसँग कुरा गरिराखेका हुन्छौं। लुम्बिनीलगायत कतिपय स्थानमा त पाँच दिन अघि नै खाता बन्द गरेर भागेको अवस्था पनि छ,‘ उनले भने।
अब चाहिँ महासंघ र सम्पूर्ण निर्माण व्यवसायीहरु एकजुट भएर नै लाग्नुपर्ने उनको सुझाब छ। आन्दोलन नै नगरिकन र आफ्ना मेसिनहरु बाटोमै न तेर्साएसम्म माग पुरा हुने अवस्था नदेखिएको भन्दै उनले व्यवसायीलाई नाफाको सट्टामा लगानी नै डुब्ने अवस्था रहेको बताए।
‘व्यवसायीको पहिलो धर्म भनेको नाफा नै हो। लगानी गरिसकेपछि केही नाफा चाहिन्छ भन्ने व्यवसायिक धर्म नै हो। यहाँ त नाफा त के आफ्नो लगानी भएको पुँजी नै डुब्ने स्थीतिमा छ।’
महासंघले पनि यसमा केन्द्र र प्रदेश सरकारसँग किन भुक्तानी भएको छैन भनेर समन्वय गर्नुपर्ने उनको तर्क छ। स्थानीय निकायहरुलाई दिने अनुदानहरु किन अन्तिमममा आएर काटिन्छन ? उनले पश्न गरे।
’उनीहरुको कमजोरी आफ्नो ठाउँमा होला भुक्तानी आउँछ भनेर पहिल्यै टेन्डरमा गइसकेको हुन्छ। हामीले भुक्तानी किन पाइएन भनेर सोध्दाखेरी पर्फमेन्स राम्रो नभएर समानिकरण अनुदान काटियो भन्ने गरिन्छ। त्यसको मार चाहिँ व्यवसायीले किन बेर्होने ? यदि राज्यले बेलामा भुक्तानी गर्दैन भने त्यसको टेन्डर पनि निकाल्नु हुँदैन। स्रोत सुनिश्चित नभइकन टेन्डरमा नगइदियो भने व्यवसायीहरुलाई समस्या हुँदैन,‘ उनले बताए।







डिसी नेपाल







Facebook Comment