ट्रकमा करेन्ट लागेर एक मजदुरको मृत्यु

डिसी नेपाल
१ साउन २०८२ १४:४३
12
Shares

रौतहट। सर्लाही नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए।

उनका अनुसार करेन्ट लागेर दुईजना अचेत भएका छन। ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान उनले जानकारी दिए।

रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएको ना. ६ ख ७५५० नम्वरको ट्रकलाई उद्योगभित्र लैजाने बेला ११ हजार भोल्टको तार पन्छाउने क्रममा ट्रकमा सवार मजदुरलाई करेन्ट लागेको हो।

ट्रकका सहचालक रहेका पासवानलाई उपचारका लागि तत्कालै नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इन्स्पेक्टर जोहारीले बताएका छन्।

घाइते पासवान द्वयको नमूना अस्पताल हरिवनमा उपचार भैरहेको लालबन्दी प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.