रुकुम पश्चिममा जिप दुर्घटना, सात जना घाइत्

डिसी नेपाल
२ साउन २०८२ १३:१४
344
Shares

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ।

वडा नं २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो। जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका१३ की ४० वर्षीया सपना परियार र मुसिकोट५ का शिवकुमारी शर्मा छन्। घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ।

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो। जिप चालकसहित १० जना यात्रु रहेका थिए। घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो। घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.