सवारी दुर्घटनामा चार जनाको मृत्यु

डिसी नेपाल
२ साउन २०८२ १३:५३
1.4k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगरस्थित सडकमा बि एए ३६०२ नम्बरको कारले लु.१२ प ५०४० नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-३ लालपुर बस्ने ३५ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

यसैगरी रूपन्देहीको ओमसतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा भैरहवाबाट धकधईतर्फ जाँदै गरेको लु.६३ प ४२२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीय बिसम्बर प्रसाद कान्डुको बिहीबार राति मृत्यु भएको छ ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ आवारोडस्थित सडकमा देवकोटाचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको लु.९५ प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका-६ मणिग्राम बस्ने २० वर्षीय करण कुँवर क्षेत्रीको मृत्यु भएको छ दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-३ भुपती चोकस्थित सडकमा गिरूवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग.७ प २७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ बस्ने ३० वर्षीया शोभा सिग्देलको बिहीबार राति मृत्यु भएको छ ठक्करबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीलाई उपचारको लागि काठमाडौं रिफर गरिएको छ मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.