नेपालको पहिचान र मौलिकताको संरक्षण आदिवासी जनजातिले गरेका छन्ः सभापति देउवा

डिसी नेपाल
२ साउन २०८२ २०:२७
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विविधता नेपालको मौलिकता भएको र त्यसको संरक्षण आदिवासी जनजाति समुदायले गरेको बताएका छन्।

शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको पहिचान बचाउन आदिवासी जनजाति समुदायले काम गरेको बताएका हुन्।

उनले भने, ‘नेपाल सबै जातजातिको देश हो। विविधता हाम्रौ मौलिकता हो। आदिवासी जनजातिहरुले हाम्रो देशको पहिचान बचाउन सक्नु महत्वपूर्ण काम गरेका छन्। पहिले सगरमाथा चढ्ने पनि तेन्जिङ शेर्पा नै हो। आदिवासी जनजातिहरुले धेरै किसिमको पहिचान बचाएर राख्नुभएको छ।’

सभापति देउवाले पहिचानसहितको राष्ट्र बनाउन जरुरी रहेको भन्दै देशको भेषभाषा बचाउनुपर्ने बताएका छन्। यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानमा भएका विशेषता कसैले खोस्न नसक्ने भन्दै संविधान संशोधनमा कांग्रेस प्रस्ट हुनुपर्ने बताए।

उनले भने, ‘नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जून छ यसका जून विषेशताहरु छन् यो कसैले दिएको हैन। यो कसैले खोसेर लान सक्दैन। त्यसैले संविधान संशोधनमा नेपाली कांग्रेसको पोजिसन एकदम प्रस्ट हुन आवश्यक छ।’

उनले सबै पक्षसँग छलफल र संवाद गरी संविधान संशोधनको बाटोमा लिएर जाने समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.