तेह्रथुम पावरको हकप्रद शेयरमाआवेदन दिने समयावधि थप
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ।
हकप्रद खरिदका लागि साउन ४ गतेसम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भए पनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन११ गते सम्मका लागि समयावधि थप गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १००रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो ।
गत जेठ ५ गते कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज गरेको थियो ।त्यस कारण जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदमाआवेदन दिन सक्ने छन् ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।







डिसी नेपाल








Facebook Comment