बढ्यो सुनको मूल्य

डिसी नेपाल
४ साउन २०८२ ११:२०
1.2k
Shares

काठमाडौं। नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचाँस रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.