विधा भण्डारी एमाले केन्द्रीय कार्यालय फर्किइन्
काठमाडौं । पूर्वराष्ट्रपति विधादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रवेश गरेकी छन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता तय भएपछि उनी एमाले केन्द्रीय कार्यालयमा प्रवेश गरेकी हुन्। केही बेरमा प्रधानमन्त्री ओली पनि पुग्दैछन्।
पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सुरक्षाबाहेक अन्य सबै सेवा सुविधा त्याग गरेर एमालेको भावी नेतृत्वका लागि गृह कार्य गरिरहेकी भण्डारीले पार्टी सदस्यता नविकरणसमेत गरेकी छन्।
तर, हिजो सम्पन्न बैठकले उनको सदस्यता पेन्डिङमा राखेको जनाए लगत्तै उनी च्यासलस्थित एमाले कार्यालय पुगेकी हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment