बिपिन जोशीको रिहाइको लागि इजरायलमा मौन प्रदर्शन

डिसी नेपाल
४ साउन २०८२ १९:२६
300
Shares

जेरुसेलम। ७ अक्टोबर २०२३ बाट विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा बिपिन जोशीको रिहाइको माग गर्दै शनिबार दिउँसो ५ बजे इजरायलको तेलअविभस्थित लेविनिस्की पार्कमा मौन पोष्टर, ब्यानर प्रदर्शन आयोजना गरियो।

उनीहरुले बिपिन जोशी हमासको कब्जामा परेको लामो समय भइसक्दा पनि सरकारले उनको रिहाइको उचित कुटनैतिक पहल गर्न नसकेकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन्।

उनीहरुले सरकार भ्रष्टाचार, कुशासन र शक्ति संरक्षणमा मात्र केन्द्रित भइ नागरिकको सुरक्षामा संवेदनशील बन्दै गएको भन्दै यस्तो संकटको बेलामा सरकार मौन बस्नु राजनीतिक असफलता मात्रै नभइ मानवीय असंवेदनशीलताको उदाहरण भएको आरोप लगाएका छन्

मानवताको पक्षमा, न्यायका लागि र बिपिनको सुरक्षित रिहाईको समर्थनमा भएको शान्तिपूर्ण कार्यक्रममा इजरायलमा रहेका नेपालीहरु उपस्थित भएर ऐक्यबद्धताका जनाएका थिए।

आफूहरुका मौन प्रदर्शन बिपिनको आवाज बनोस् भन्दै उनीहरुले कामना गरका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.