विङ्गर भ्यानको ठक्करबाट महिलाको मृत्यु

डिसी नेपाल
४ साउन २०८२ २३:१२
36
Shares

कटारी (उदयपुर)। यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको प्र०८००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर र चढाइसकेपछि अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको थियो।

ठक्कर पश्चात गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएकोमा साँझ उपचारकै क्रममा मृत्यु भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.