वासिङ्टनमा नेपाली युवा प्रतिनिधिले एआई पहुँच र ग्लोबल साउथको आवाज उठाए
वासिङ्टन डिसी। विश्वका २० भन्दा बढी देशका युवा नेताहरूको सहभागितामा सम्पन्न युवा कूटनीतिज्ञ फोरम (वाइडीएफ) मा नेपाली प्रतिनिधि बिबेक पौडेलले कृत्रिम बुद्धिमत्ता (एआइ) मा विकासशील राष्ट्रहरूको समान पहुँच र सांस्कृतिक सहकार्यका विषयमा आफ्ना विचार प्रस्तुत गरे।
फोरममा फ्लान्डर्सका प्रतिनिधि पाउल हेग, युरोपेली युनियनकी फानी लाफोर्केड र मोजाम्बिकका राजदूत अल्फ्रेडो नुभुङ्गासँग भएको बैठकमा नेपालमा एआइ प्रविधिको न्यायोचित पहुँच, सांस्कृतिक आदानप्रदान र युवा सीप विकासमा सहकार्यका अवसरहरूमा छलफल गरिएको थियो।

मेरिडियन इन्टरनेसनल केन्द्रका म्याक्स बुचेटसँगको वार्तामा काठमाडौं, चितवन, पोखरा र अन्य नगरपालिकाका मेयरहरूलाई अन्तर्राष्ट्रिय फोरममा समेटेर स्थानीय अनुभव साझा गर्ने योजना तयार पारिएको छ। एस्टोनियाकी डा. अन्ना-मारिया ओसुलाले नेपालमा डिजिटल प्रशासन र डिजिटल पहिचानसम्बन्धी सहयोगको सम्भावना रहेको जानकारी गराइन्।

अमेरिकी विदेश मन्त्रालय भ्रमणमा प्रतिनिधिले अमेरिकी विदेश नीति, व्यापार र बहुपक्षीय सहकार्यबारे छलफल गरे। विश्व बैंकको मुख्यालय भ्रमणका क्रममा संस्थाको संरचना, कार्यशैली र विकास परियोजनाहरूको विस्तृत अवलोकन गरियो। विश्व बैंकका उच्च अधिकारीहरूसँग विकासशील देशहरूका लागि प्रभावकारी कार्यक्रम निर्माण र कार्यान्वयनबारे विचारविमर्श गरिएको थियो।

भूराजनीतिक विशेषज्ञ जोन सिटिलिडेसले अमेरिकाको रणनीतिक अवस्थिति र सहयोगी कार्यक्रम एमसीसी को भूमिका विश्लेषण गरे। साथै, कालेव लीटारु र क्रिस्टोफर पेन्टरले विकासशील राष्ट्रहरूको डाटा समानताको लागि अन्तर्राष्ट्रिय पहलमा जोड दिए।

अमेरिकी राज्यहरूको संगठन (OAS) को मुख्यालय भ्रमणका क्रममा संस्थाको संरचना र विकास कार्यक्रमबारे जानकारी लिइएको थियो। प्रतिनिधिले यस फोरमले नेपाल लगायत विकासशील राष्ट्रहरूका लागि अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment