‘उदाउँदो नेतृत्व, बद्लिँदै एनआरएनए : उषा किरण पोखरेलको टिम एकता’
सिड्नी। गैर आवासीय नेपाल संघ (एनआरएनए) न्यु साउद वेल्सको निर्वाचन २०२५-२०२७ को सन्दर्भमा ‘टिम एकताः परिवर्तनका लागि’ ले समुदायमा उत्साह र आशाको लहर ल्याएको छ।
सामाजिक सेवा, अनुभव, पारदर्शिता र परिवर्तनको गहिरो भावना बोकेको यो टिमले एनआरएनए एनएसडब्लुलाई अझ प्रभावकारी, समावेशी र उत्तरदायी संस्था बनाउने अठोटका साथ मैदानमा उत्रिएको छ।
उषा किरण बरिया पोखरेल-राज्य संयोजक पदकी उम्मेदवार
सामाजिक सेवामा सधैं अग्रसर, समर्पित र सशक्त आवाजकी रुपमा परिचित उषा किरण बरिया पोखरेल यस पटक राज्य संयोजक पदमा लागि प्रतिश्पर्धामा उत्रिएकी छन्।
उषा किरणको नेतत्वमा रहेको टिम केवल चुनाव जित्ने उद्देश्यमा होइन, नेपाली समुदायको पहिचान, सेवा र समान अवसरका लागि लामो समयसम्म टिक्ने समाधान ल्याउने प्रतिज्ञासहित अघि बढेको छ।
टिम एकताको उद्देश्यः
एकता, पारदर्शिता र दीर्घकालीन समाधान, टिम एकतामा समावेश छन्। अनुभवी पेशेवर, अग्रणी समुदायसेवी, युवाहरु, महिला अगुवा र व्यावसायिक क्षेत्रमा सफल अनुहारहरु जसले न्यु साउथ वेल्समा नेपाली समुदायका लागि लामो समयदेखि निस्वार्थ सेवामा समर्पित रहँदै आएका छन्।
मुख्य एजेण्डाः
संस्थागत सुधार र पारदर्शिता
बजेट र निर्णय प्रक्रियामा खुलापन
सदस्यहरुको प्रत्यक्ष जानकारी र पहुँच
युवाहरुको सक्रिय सहभागिता
नेपाली युवालाई नेतृत्वमा ल्याउने योजना
रोजगारी, सीप विकास र नेतृत्व तालिम
महिला सशक्तिकरण र समान प्रतिनिधित्व
महिलाको संस्थागत भूमिकामा समावेशीता
स्वास्थ्य, आत्मरक्षा र उद्यमशीलताको प्रवद्र्धन
व्यावसायी र सांस्कृतिक नेटवर्क विस्तार
व्यावसायिक सञ्जाल निर्माण
नेपाली कला, भाषा र संस्कृतिको संरक्षण







डिसी नेपाल








Facebook Comment