सरकार एकता र सहअस्तित्वका आधारमा अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले विथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन्।
उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चूनौति सामना गर्दै अघि बढेको जिकिर गरे। देशमा स्थीरता र स्थायीत्व कायम गर्न र स्थीरता र स्थायीत्व सरकारसंग नभइ देशमा सुशासन र तीव्र आर्थिक बिकासमा सदूपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए।
उनले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पारे। त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा आफू स्पष्ट रहेको भन्दै तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारमा संलग्नलाई कारवाही हुने बताए।
उनले कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए। त्यस्तै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रकियालाई टुङगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जिकिर गरे।
उनले आगामी दिनमा आयोगका पदाधिकारीहरुले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउने उल्लेख गरे। त्यस्तै उनले भूमि समस्या समाधान आयोगको गठन भै उक्त आयोग मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन गर्ने संवैधानिक दायित्व कार्यान्वयनमा ल्याइएको बताए।
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेको र चालू आर्थिक वर्षमै भूमिसम्बन्धी एकीकृत ऐन तर्जुमा हुने उनको भनाइ छ। उनले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताए।
सरकारले वि.सं. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि उहाले स्पष्ट गरे।
Facebook Comment