भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन्।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘५५ वटा विमानस्थल सबै सञ्चालनमा पनि छैन, करिव ३०/३२ वटा संचालनमा होलान्। नीति कार्यक्रममा फेरी विमानस्थल थप्ने कुरा उचित छैन। यो राजनीतिक दबाब हो। दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउनु हुँदैन। यसबाट राष्ट्रको ठुलो क्षती हुन्छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ अरु तत्कालै बनाउनुपर्छ जस्तो मलाई लाग्दैन भएका विमानस्थलको क्षमता बढाउने हो।’
उनले बैठकमा जनसंख्या, भुगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने बताए।
‘नेपाल हालसम्म ५५ वटा विमानस्थल हामीसँग छन्। यो विधेयकमाथी छलफल भईरहदा यस्ता कुरामा पनि छलफल हुनुपर्छ। अव हामीलाई कति वटा विमानस्थल चाइन्छ। हाम्रो जनसंख्या, भुगोल, सडक यातायातको पहुँच आदी कुराहरुको र विमानस्थलको प्राथमिकता के हो भन्ने सन्दर्भ पनि छलफल गर्नुपर्छ।’
उनले हवाई सेवा प्राधिकरणको नेतृत्वमा नेपाल सरकारको कर्मचारीहरु भन्दा हवाई संस्थाका अनुभवी, क्षमता भएका व्यक्ति महानिर्देशन हुनुपर्ने समेत बताए।
यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विमानस्थलको सञ्चालन र त्यसनुसारको लगानीलाई एउटै दफामा नराखी छुट्टै बनाउनुपर्ने राय राखिन्। उनले हतारमा विधेयकको खाका तयार पारिएको भन्दै पूर्न तयार गर्न सुझाव दिएकी छन्।
आज बसेको समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल गरिएको छ।







डिसी नेपाल








Facebook Comment