मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

डिसी नेपाल
८ साउन २०८२ २१:०२
160
Shares

काठमाडौं। सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, ‘मधेसमा मौसमी संकटका कारण समस्या भोग्नुपरेको छ। यसका लागि तत्काल समस्या समाधान गर्न यो घोषणा गरिएको हो।’

मधेसमा अहिले खडेरी परेपछि खानेपानीको समेत अभाव देखिएको उल्लेख गर्दै उहाँले सरकारले मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल जनताको घरमा खानेपानी पुर्‍याउने र जनजीवनमा आएका समस्या समाधान खोज्नेतर्फ अग्रसर भएको बताए।

सञ्चारमन्त्री गुरुङले मधेसको समृद्धिबिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र आवश्यक विकासका पूर्वाधार निर्माण गर्न जरुरी भएको प्रष्ट पारे। वातावरणको संरक्षण गर्दै विकासको समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.