सुशासनका कायम गर्न सके देशले प्रगति हासिल गर्छ: प्रचण्ड

डिसी नेपाल
८ साउन २०८२ २१:५८
36
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका समस्याहरुको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन्।

बिहीबार राइजिङ नेपाल समिट–२०२५ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशासन कायम गर्न सबैले मिहेनत गरे प्रगति हासिल हुने बताएका हुन्।

उनले भने, सुशासनको मूख्य समस्या के हो र त्यसको समाधानको उपाय के हुन् भन्नेमा हामी सबैको साझा प्रयास भयो भने हामी प्रगति गर्न सक्छौँ। त्यो कुरा हामी आफैले अनुभव गरेका छौँ। हामीले मिहेनत गर्यौँ भने प्रगति गर्न सकिन्छ।’

उनले विगतमा नै शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न आयोग बनाइनुका साथै महत्वपूण प्रतिवेदन तयार गरे पनि काम गर्न नसकेको बताए। अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु हुन पर्ने बताए।

उनले भने, ‘हामीले २०७२ मा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु गरिहाल्नु पर्थ्यो किन गरेनौँ? जसका कारणले देशमा अहिले नकरात्मक देखा पर्ने वातावरण किन बन्यो एता बढि ध्यान दिन जरुरी छ। त्यसो गरे मात्र हामीले सुधार गर्न सक्छौँ।’

उनले सरकारले संविधान संशोधनका नाममा भन्ने र गर्ने व्यवहार फरक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.