विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र
काठमाडौं। विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए।

उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर काम गर्न आवश्यक छ। म राजनीतिक संगठनमा छैन् ,कहिल्यै हुन्न पनि। तर धर्मनीति कहिल्यै छाड्दिन।किनकी धर्म नीतिसँगै हाम्रो उत्पत्ति भएको हो। पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको छ। सनातन धर्मको प्रचार गर्नु आवश्यक छ। सनातन धर्म जस्तो उत्कृष्ट धर्म अरु कुनै छैन।’

त्यस्तै उनले आफूले विश्व सनातन धर्म सेवा ट्रस्टमा ४० वर्ष काम गरेको तर अहिलेसम्म एउटा पनि शिष्य नबनाएको बताए। शिष्य बनाउँदा र आफ्नो आश्रम बनाउँदा भ्रष्टाचार हुने भएकाले आफूसँग दुईवटै कुरा नराखेको उनी बताउँछन्।

उनले भने,‘म एउटा कुरा स्पष्ट गर्न चाहन्छु। मैंले विश्व सनातन धर्म सेवा ट्रस्टमा ४० वर्ष काम गरें तर मैंले एउटा पनि शिष्य बनाएको छैन्। गुरु शिष्यको बन्धन बन्नाले भ्रष्टाचार सुरु हुन्छ। किनकी शिष्यको कर्म कर्तव्य हुन्छ। गुरुको मद्दत गर्न आर्थिक रुपमा नै पनि महिनामा केही दिनुपर्ने हुन्छ। तर हाम्रो परम्परामा यस्तो केही छैन्। सबैभन्दा ठूलो कुरा हाम्रो आफ्नो आश्रम पनि छैन्। आश्रमले पनि भ्रष्टाचार गराउँछ।’

आज कलियुगका कारण सनातन धर्मको नाममा पनि विभेद भइरहेको पनि उनको भनाइ छ।
‘आज सनातन धर्मको नाममा पनि विभेद भइरहेको छ। कलियुगका कारण पनि यो विवादहरु भइरहेको हो। तर पनि म नेपाल आएको छु। नेपाली होस् भारतीय होस् या अन्य कोही हिन्दु हिन्दु नै हुन्छ। म यो कुरा मर्नेबेलासम्म पछ्याउँने छु,’उनले भने। विभिन्न किसिमका धर्मको नाममा गलत प्रचार गरिने गरेको बताउँदै उनले त्यसको अन्त्य हुनुपर्ने धारणा राखे।



















डिसी नेपाल







Facebook Comment