बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध

डिसी नेपाल
१० साउन २०८२ ६:५६
2.1k
Shares

बैग्लरु। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्। बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको हो।

यो निर्णयसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो झट्का लागेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। यससँगै कर्नाटक सरकारले अब बेंगलुरु भागदौड मामिलामा आरसीबीमाथि मुद्दा चलाउन अनुमति दिएको छ।

सरकारको यो निर्णय छानबिन आयोगको प्रतिवेदनमा आएको हो, जसमा आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ ९केएससीए० लाई घटनाका लागि दोषी ठहर गरिएको थियो। आरसीबीसँगै केएससीए विरुद्ध मुद्दा चलाउन पनि स्वीकृति दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.