गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

डिसी नेपाल
१० साउन २०८२ १०:४४
172
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

भरतपुर महानगरपालिका-२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए। नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन्। ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै थिए।

विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा विदेशमा भएकाले आइतबार अन्त्येष्टि गरिने जनाइएको छ।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.