बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

डिसी नेपाल
१० साउन २०८२ ११:२१
40
Shares

झापा। झापाको दमक-४ चियाबगान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक साइकल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए।

दुर्घटनामा परेको बसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.