पाल्पामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
तानसेन। अरिङ्गालले टोकेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको रामपुर नगरपालिका(२ सेरामा अरिङ्गालले टोकेर ५७ बर्सिया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
उनका अनुसार अरिङ्गालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकामा मृत्यु भएको हो। घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिङ्गालले टोकेको थियो।
अरिङ्गालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकामा थप उपचारका लागि प्रभास ल्याइएको थियो। उनको आजै शवपरीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment