करेन्ट लागेर एक जनाको मृत्यु
सप्तरी। सप्तरीको खडक नगरपालिका-११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ।
आज आफ्नै खेतमा पानी पठाउने क्रममा पानी तान्ने विद्युत्बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए। उनका अनुसार करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment