प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा वृक्षारोपण

डिसी नेपाल
११ साउन २०८२ ७:४९

काठमाडौं। नेपाल प्रहरी र रोटरी इन्टरनेसनको संयुक्त पहलमा राजधानी काठमाडौंको कपनमा ५ सय फलफूलका विरुवाहरु रोपिएको छ।

नेपाल प्रहरीको बिशेष कार्यदल कपन र रोटरी इन्टरनेशनल अन्तर्गतका विभिन्न ८ क्लबको संयुक्त आयोजनामा सनिवार कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा फलफूलका बिरुवाहरु रोपिएको हो।

रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ बौद्ध, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ ग्रिनल्याण्ड, रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ ठमेलसहित को संयुक्त आयोजनामा कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको परिसरमा पाँच सय फलफूलका बिरुवा रोपिएको हो रोटरी क्लब अफ काठमाडाै सर्कलका अध्यक्ष निलहरी कोइरालाले बताए ।

परिसरमा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायतका १६ जातका ५ सय ५० बिरुवा रोपिएको छ। वातावरण संरक्षणका अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा ३०० जना बढीले सहभागिता जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *