शिवाराज पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन
काठमाडाैं। गैरआवासीय नेपाली संघ साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याको प्रमुख आतिथ्यतामा संघ कम्बोडियको छैठौ अधिवेशन सम्पन्न भएको छ।
सो अधिवेशनन ले २०२५-२०२७ का लागि शिवाराज पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति सर्ब सम्मत गरेको छ। निवर्तमान अध्यक्षा लाल सिंह खड्काले पद हस्तान्त्रण गरे।
समितिको उपाध्यक्षमा प्रदीप अधिकारी, महिला उपाध्यक्षमा श्रीमती उमा बुढाथोकी त्यस्तै अन्य उपाध्यक्षहरुमा राजन कुन्वर काजी,रमजी छेत्री, सोनु तामाङ,महसचिव दीपेन्द्र केसी, सचिव रुद्र तमाङ अनि प्रबक्तामा डा.मो .जमिरुल हक चुनिएका छन्।
प्रमुख अतिथी पाध्याले भने, ‘उपस्थित हरेक अनुहारले मलाई ती दिनहरूको सम्झना दिलाउँछ जहाँ हामीले सपना देख्यौं,विश्वभर छरिएर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने र नेपाल आमाको सेवा गर्ने। आज, जब एशिया नै विश्वको द्रूत विकासको नमुना बनिरहेको छ, कम्बोडियाको भूमिमा हामी नेपालीहरूले पनि समाधानको संगम सिर्जना गर्नुपर्छ। नकारात्मकतामा होइन, सम्भावनामा केन्द्रित सोचसहित होस्ठे म हैसे गरेर अघि बढ्नु छ।’
प्रमुख अतिथि पाध्याले ‘एशियाको यो क्षेत्रमा ‘डिजिटल अभिमुखिकरण र समाधान संयन्त्र’ श्रमिक सुरक्षाको अभियान,नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन जस्ता कार्यमा नेपाल र नेपालीका लागि एउटै माला र भावना मा बाँधिनु पर्ने कुरामा जोड दिए।







डिसी नेपाल








Facebook Comment