मेचीनगरको निन्दामा झोलुङ्गे पुल निर्माण

डिसी नेपाल
११ साउन २०८२ २२:२५
16
Shares

झापा । मेचीनगर१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल तीन सय ५० मिटर लामो र पाँच फिट चौडाइको रहेको छ। पुलले उक्त वडाको सदरमुकाम विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ। उक्त स्थानमा कुनै पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानीहेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दुरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७९ असारमा सम्झौता भएको थियो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले २०७९ मङ्सिर १० गते उक्त पुलको संयुक्त रुपमा शिलान्यास गरेका थिए।

बजेट सुनिश्चित नहुँदा पुल निर्माण हुन सकेको थिएन। बजेट सुनिश्चिततासहित २०८२ पुस २६ गतेसम्ममा निर्माण गरिसक्ने गरी एक वर्ष म्याद थपेर पुल निर्माणको काम अघि बढेको थियो। थानी कन्स्ट्रक्सन प्रालिका ईन्जिनियर शेखर रायमाझीले पुल निर्माण कार्य सम्पन्न भएको बताए। झापा निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद विश्वप्रकाश शर्माले निन्दा नदी वारीपारिका जनताको वर्षौँदेखिको पुलबाट सुरक्षित आवतजावत गर्ने चाहना बल्ल पूरा भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.