बसको ठक्करबाट अटोमा सवार चार जना घाइते
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१, उमरी चोकमा बसले अटोलाई ठक्कर दिँदा चार जना गम्भीर घाइते भएका छन्।
आइतबार राति करिब ८:३० बजे बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार चार यात्रु घाइते भएका हुन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बसले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई थप उपचारका लागि तत्काल बुटवल पठाइएको प्रहरीको भनाइ छ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment