काठमाडौं उपत्यकामा वर्षा (तस्बिरहरु)

डिसी नेपाल
१२ साउन २०८२ ९:०३
16
Shares

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पछिल्लो १२ घण्टामा नेपालका कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.