इजरायलले गाजामा थप राहत सामग्री पठाउने निर्णयप्रति मन्त्री किन रिसाए ?
काठमाडौं । इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गियोरले गाजामा मानवीय सहायता बढाउने उपायहरूबारे प्रधानमन्त्री कार्यालयले गरेको छलफलमा आफूलाई “जानाजानी” समावेश नगरिएको बताएका छन्।
सामाजिक सञ्जालको एक पोस्टमा उनले भनेअनुसार एक अधिकारीले उनलाई शनिबार राति सुरक्षा बैठक बोलाइएको बताएका थिए, जसमा उनलाई आमन्त्रित गरिएको थिएन। कारण दिइएको थियो “अधिकारीहरू इटामारले सब्बाथको अनादर गरून् भन्ने चाहँदैनथे।”
अति दक्षिणपन्थी नेता मानिने इटामार बेन-गुएरले सरकारको निर्णयलाई “लज्जास्पद र अपमानजनक” भनेर वर्णन गरे र आफूले यो निर्णयसँग लड्ने बताए।
इजरायलले गाजाका केही भागहरूमा आफ्नो सैन्य गतिविधिहरूमा ‘रणनीतिक बन्द’ घोषणा गरेको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले आफ्नो विज्ञप्तिमा गाजामा मानवीय सहायताको मात्रा बढाउन यो गरिएको बताएको छ।







डिसी नेपाल







Facebook Comment