युद्धबिराम सम्झौताका लागि थाइल्याण्ड र कम्बोडियाले आज मलेसियामा वार्ता गर्दै
काठमाडौं । चार दिनदेखि जारी द्वन्द्व अन्त्य गर्न थाइल्याण्ड र कम्बोडिया सोमबार मलेसियामा वार्ता गर्न सहमत भएका छन्।
थाइल्याण्डले आइतबार भनेको छ – कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईको नेतृत्वमा एक प्रतिनिधिमण्डल वार्तामा भाग लिनेछ।
थाई सरकारले मलेसियाले कम्बोडियाली प्रधानमन्त्री हुन मानेट पनि छलफलमा भाग लिने जानकारी गराएको बताएको छ।
यसअघि शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल युद्धविरामको लागि अपील गरेका थिए।
युद्धविराम गराउन ट्रम्पले गरेको प्रयासको लागि दुवै देशले धन्यवाद दिएका छन्। यद्यपि, ट्रम्पको पोस्ट पछि पनि आइतबार रातभरि दुई देशको सीमामा गोलीबारी जारी रह्यो।
थाइल्याण्ड र कम्बोडिया बीचको यो लडाई २४ जुलाईमा सुरु भएको थियो। दुई देश बीचको यो लडाईमा हालसम्म कम्तीमा ३३ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ।







डिसी नेपाल







Facebook Comment