सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

डिसी नेपाल
१२ साउन २०८२ १४:११
4.7k
Shares

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवारका १६ सदस्य सम्पर्कवबिहीन भएका हुन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडा कार्यालयबाट घर फर्किएका उनीहरू अहिले घरमा छैनन् । घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.