सुक्खा पहिरोले पृथ्वी राजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
फाइल तस्विर
दमौली (तनहुँ)। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको हो।
सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment